१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

इजरायल र हमास संयुक्त राष्ट्रसंघको कालोसूचीमा

२८ जेठ , काठमाडौं । इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ ।

सो आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट हाउस नजिकै इजरायल विरोधी प्रदर्शन गरे भने इजिप्ट, इरान, इराक, कतार र लेबनानमा पनि हिंसात्मक प्रदर्शनहरू भएका छन् ।

प्रदर्शनकारीहरुले अमेरिकी राष्ट्रपति बाइडेनको समेत विरोध गरेका छन् । गाजामा हमासविरुद्ध इजरायलको आक्रमणमा सहयोग पु¥याएको भन्दै उनीहरुले अमेरिकी सरकार र राष्ट्रपति बाइडेनको विरोध गरेका थिए । उनीहरूले ‘बालबालिकामा बम बिष्फोट गर्नु आत्मरक्षा होइन’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

इजरायलविरुद्ध निस्किएका विरोध ¥यालीहरुमा सयौँ मानव अधिकारवादी र सर्वसाधारणको संलग्नता रहेको छ । सो घटनालाई लिएर संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई पनि मानवअधिकार उल्लंघनको आरोपमा कालोसूचीमा राखेको छ ।

युद्धग्रस्त गाजा क्षेत्रमा बालबालिकाविरोधी कार्य भएको र गम्भीर मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्र संघले यस्तो कारबाही गरेको जनाएको छ । इजरायल पहिलोपटक यस्तो कारबाहीमा परेको हो । यसअघि रुस, अफगानिस्तान, इराक, म्यानमार, सोमालिया, यमन, सिरिया, आतंकवादी संगठन आइएस, अलकायदा र बोको हराम राष्ट्रसंघको कालोसूचीमा छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि