७ पुष २०८२, सोमबार
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ।

महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीहरुले टेलिफोन, इन्टरनेट, केवल लगायतका तारहरु व्यवस्थित गर्ने उदेश्यले तार काट्ने काम भइरहेको हो।

तर, व्यवस्थापनको नाममा काटिएका तारहरू सडक पेटीमा अलपत्र छोडिंदा त्यसले झन् दुर्घटनाको जोखिम बढाएको पैदल यात्रुहरू बताउँछन्।

बानेश्वर, थापागाउँ लगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीहरुले तार काटेर फुटपाथमै भद्रगोल रूपमा छोड्दा अल्झिएर लड्ने खतरा बढेको उनीहरू बताउँछन् ।

‘तार व्यवस्थापन गर्दा राम्रो त देखिन्छ। तर, यो पनि सुरक्षित गर्नुपर्‍यो नि, अहिले बाटोमा हिँड्दा अल्झिने समस्या छ, फुटपाथको रेलिङमा बाँधेर राख्दा अर्को खतरा देखिएको छ,’ पैदल यात्रु निकिता श्रेष्ठ बताउँछिन्।

काठमाडौं महानगर प्रहरीले यो विषयमा ध्यानाकर्षण भएको भन्दै एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तारहरुलाई सुरक्षित व्यवस्थापन गर्न निर्देशन दिने जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने

३ असार, काठमाडौं। डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौँमा आयोजना हुने भएको छ