३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार

आज १२ औँ राष्ट्रिय कृषक दिवस मनाइदै

२७ जेठ , काठमाडौं । कृषि प्रधान देश नेपालमा आज १२औँ राष्ट्रिय कृषक दिवस मनाइदै छ । देशभरका कृषकहरुको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेसा र सेवामा लागेका कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

राष्ट्रिय कृषक महासंघ नेपालले ‘‘मानवीय विकासको मुख्य आधार कृषक समुदायको विकास गरी समग्र समाजको विकासमा सहयोगी बनौं’’ भन्ने नारासहित आइतबार दिवस मनाउँदै छ । विं सं २०७० साल देखि प्रत्येक वर्ष महासंघ अन्र्तगतको कृषक सेवा समितिले दिवस मनाउँदै आएको छ ।

दिवसको अवसर पारेर देशभरका कृषि क्षेत्रमा लागेका उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने गरिन्छ भने, आधुनिक र विकसित कृषि प्रणालीबारे सचेतना दिने कार्यक्रमहरुको आयोजना पनि गरिन्छ ।

राष्ट्रिय कृषक महासङ्घ नेपाल राष्ट्रिय कृषक दिवस व्यवस्थापन समितिले विशेषगरी खाद्यान्न उत्पादन गरी मानव लगायतका प्रााणीको जीवन रक्षामा लागेका कृषि कर्मीलाई समय सापेक्ष कृषि प्रणालीको ज्ञान र सीप सिकाएर व्यवसायीक बनाउनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हाल ५० दशमलब १ प्रतिशत जनसंखया कृषिमा पेसामा आश्रित छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि