५ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार सूचना प्रविधि

एमडीएमएस प्रणाली तत्काल लागू गर्न मोबाइल व्‍यवसायी महासंघको माग

२५ जेठ, काठमाडौ ।नेपाल मोबाइल व्‍यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागू गर्न माग गरेको छ।

काठमाडौंमा शुक्रबारबाट सुरू महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभामार्फत महासंघले मोबाइल फोनको गैह्र कारोबार रोक्न तत्काल एमडीएमएस प्रणाली लागू गर्नु पर्ने बताएको हो ।

महासंघका अध्यक्ष भरत भट्टराईले एमडीएमएस लागू नहुँदा अवैध मोबाइलको कारोबार भइरहेको भन्‍दै यसलाई तत्काल रोक्नुपर्ने बताए ।

उनले भने, ‘एमडीएमएस लागू नहुँदा मोबाइलको गैह्र कारोबार बढिरहेको छ, यसलाई रोक्न सरकारले ध्यान देओस, सरकारले त्यसका लागि तत्काल एमडीएमएस प्रणाली लागू गरोस् भन्‍ने आग्रह गर्न चाहन्छु।’

उनले ग्रे फोन अर्थात भन्सार छलीबाट भित्रिएका मोबाइलले नेपालको मोबाइल व्‍यवसाय मारमा परेको समेत बताए । ‘अहिले ग्रे फोनले नेपाली मोबाइल व्‍यवसायीहरु मारमा छन् । भन्सार छलेर भित्रने मोबाइलले बजार नै बिगारेको छ, त्यसले गर्दा देशको राजस्वमा वार्षिक अर्बौ रुपैयाँ घाटा भइरहेको छ,’ उनले भने, ‘ग्रे फोनको बढ्दो कारोबार तत्काल नरोक्ने हो भने अवस्था झन बिग्रने खतरा छ।’

महाधिवेशनमार्फत महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन हुँदैछ। महाधिवेशनका लागि ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन् ।

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक