२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार

डिजिटल नेपाल २०२४ कन्क्लेभ सुरू

२३ जेठ, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण सुरू भएको छ ।

आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि विशिष्ट र विज्ञ बत्ताहरु रहेका छन् ।

काठमाडौंको म्यारियट होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपस्थित भएका छन् । समापन भने पावर संवादमार्फत केपी शर्मा ओलीले गर्नेछन् । सञ्चारमन्त्री र अर्थमन्त्रीको पनि विशेष सेसनहरु रहेको आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

कन्क्लेभमा डिजिटल नेपालको लागि नवीनतम प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुति र प्रोजेक्ट शोकेसको पनि रुपमा अवसर प्रदान गरिएको छ, जसमा करिब २० वटा डिजिटल इनिसिएटिभ्सहरु शोकेसमा रहेका छन् ।

हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित हुने तेस्रो संस्करणको कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्लुजन, डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयहरुमा सेसन र प्रस्तुतिहरू रहेका छन् ।

वर्षको ठूलो प्रविधि सम्मेलनको रुपमा आयोजना भइरहेको कन्क्लेभमा संघीय, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरु सहित ५०० बढीको सहभागि छन् ।

फाउण्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत २ वर्ष आयोजकले ७ प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरुको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमुलक पुस्तकहरु प्रकाशन गरिसकेको छ ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको