२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार

रेफ्री संघ मकवानपुर अध्यक्ष श्रेष्ठको निधन

२४ जेठ, हेटौडा । मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष तथा सक्रिय रेफ्री समेत रहेका अकिललाल श्रेष्ठको हृदयघातका कारण निधन भएको छ । उनी ४० वर्षका थिए ।

परिवारिक स्रोतका अनुसार बुधबार छातीमा दुखाई भएपछि अस्पताल लगेर परीक्षण समेत गराइएको थियो । यद्यपि राती थप दुखाई बढेपछि उनलाई अस्पताल लैजाने क्रममा निधन भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

हेटौडा–१३ का स्थानीय वासिन्दा समेत रहेका दिवंगत रेफ्री श्रेष्ठको बिहीबार नै अन्त्येष्टी गरिने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए ।

साथै रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले विहीबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ । श्रेष्ठकाका श्रीमती र एक छोरा छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको