१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय समाचार

नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथलिदैँ

२३ जेठ, काठमाडौं । भारतमा प्रधानमन्त्रीको सपथ ग्रहण जुन ८ मा हुने भएको छ । हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदीआवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ ।

५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ । उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथलिने सम्भावना बढेको हो ।

तेस्रो पटक प्रधानमन्त्रीको सपथलिने बित्तिकै नरेन्द्र मोदीको नाममा नयाँ कीर्तिमान थपिनेछ । यसअघि यो कीर्तिमान जवाहर लालनेहरूका नाममा थियो । मोदीले उक्त कीर्ति मान बराबरी गर्नेछन् ।

एनडीएको बैठक आजदिउँसो ४ बजे दिल्लीमा बोलाइएको छ । जसमा जेडियु प्रमुख नितिश कुमार, टीडीपी प्रमुख एनचन्द्र बाबु नायडू र अन्य नेताहरू सहभागीहुनेछन्। भाजपा संसदीय बोर्ड बैठक एनडीए सहयोगीहरु संग वार्ता पछि बस्नेछ । यसमा सरकार गठन र सपथ ग्रहणको रूपरेखाबारे छलफल हुनेछ । जेडीयू प्रमुख नितिश कुमार बुधबार बिहान दिल्ली पुगेका छन् । चन्द्रबाबु नायडू पनिदिल्लीपुग्ने सम्भावना रहेको छ ।

उता, कांग्रेस आइलगाएतको इन्डिया गठबन्धनले पनिआन्तरिक रणनीतिहरु बनाइरहेको भारतीय सञ्चारमा ध्यमहरुले जनाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि