८ पुष २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार

आइसीसी टी–२० विश्वकप : वेस्टइन्डिजको विजयी सुरुवात, पीएनजी ५ विकेटले पराजित

२१ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा सह आयोजक वेस्टइन्डिजले विजयी सुरुवात गरेको छ । समूह ‘सी’मा रहेको वेस्टइन्डिजले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले पराजित गरेको हो ।

गुएनामा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै खेल जित्न सफल भयो । वेस्ट इन्डिजका रोस्टन चेस खेलको प्लेयर अफ द म्याच चुनिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीको सुरुवात खराब रह्यो र टोलीले ५० रन मात्र नपुग्दासम्म आफ्ना ४ प्रमुख ब्याट्सम्यानको विकेट गुमाएको थियो । टोनी उरा (२) र लेगा सियाका (१) सस्तोमा आउट भए । सोही क्रममा कप्तान असद भालाले २२ बलमा २१ रनको स्लो इनिङ खेले । टोलीले नवौं ओभरमा हिरी हिरी (२) को रूपमै चौथो विकेट गुमाएको थियो । त्यहाँबाट सेसे बाउले जिम्मेवारी लिए र चार्ल्स अमिनीसँग मिलेर स्कोर १०० को नजिक पुर्याए । यी दुईबीच पाँचौं विकेटका लागि ४४ रनको साझेदारी भयो ।

अमिनीले १४ बलमा १२ रन बनाए र १५ औं ओभरमा ९४ रनको स्कोरमा आन्द्रे रसेलको टी–२० अन्तर्राष्ट्रिय करियरको ५० औं शिकार बने । यससँगै बाउले आफ्नो अर्धशतक पूरा गरे । उनले ४३ बलमा छ चौका र एक छक्काको मद्दतमा ५० रनको इनिङ खेले । बाउ टिमको स्कोर ९८ रनमा आउट भएपछि तल्लो क्रमका किप्लिन डोरिगाले १८ बलमा अविजित २७ रन बनाएका कारण टोली १३६ रन बनाउन सफल भयो । वेस्ट इन्डिजका आन्द्रे रसेल र अल्जारी जोसेफले २–२ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले दोस्रो ओभरमा ओपनर जोन्सन चार्ल्स (०) को विकेट गुमाएको थियो । निकोलस पूरन पनि सोही ओभरमा आउट हुन सक्थे । पीएनजीले एलबीडब्ल्यू आउटको अपिल गरे पनि डीआरएस लिएन र जोगिए ।

ब्रेन्डन किङले ३४ रन बनाउँदा पुरनले पनि केही राम्रा सट खेले तर ६१ रनको स्कोरमा २७ रन बनाएर आउट भए । त्यहाँबाट विकेट पतन सुरु भयो र केही समयमै स्कोर ९७÷५ बनेपछि वेस्टइन्डिज दबाबमा आयो ।

तर, रोस्टन चेसले आन्द्रे रसेलसँग १८ बलमा ४० रनको अविजित साझेदारी गरे र एक ओभर बाँकी राखेर आफ्नो टोलीलाई जित दिलाए । चेसले २७ बलमा ४२ रनको अविजित इनिङ खेले । योसँगै रसेलले ९ बलमा अविजित १५ रन बनाए । पपुवा न्युगिनीका असद भालाले सर्वाधिक २ विकेट लिए ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected