२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

कान्तिपुर सिटी कलेजको ८औँ अकं म्याग्जिन विमोचन

१८ जेठ , काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाण्डौँ स्थित कान्तिपुर सिटी कलेजको व्यवस्थापन संकायले म्यानेजमेन्ट स्वकलरस् म्याग्जिन (पत्रिका) को आठौँ अकं कलेजको सभा हलमा विमोचन गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति तथा प्रमुख अतिथि प्रा.डा. यादव राज कोइराला, आमसञ्चार तथा व्यवस्थापन विज्ञ तथा अतिथि प्रो. रामा कृष्ण रेग्मी, कान्तिपुर सिटी कलेजका प्रबन्ध निर्देशक प्रहलाद कार्की तथा प्रिसिन्पल राजु कट्टेलले संयुक्त रुपमा विमोजन गरेका हुन् ।

बि.बि.ए शौक्षिक कार्यक्रमको अन्तिम सेमेस्टरमा अध्ययनरत विधार्थीलाई मुख्य जिम्मेवारी दिई व्यवस्थापन तथा लेखन शिप बढ्ने अभिप्रायले प्रत्येक वर्ष म्यानेजमेन्ट स्कलरस् म्याग्जिन प्रकाशित हुने गरेको व्यवस्थापन संकाय प्रमुख पूजा पोख्रेलले जानकारी दिए।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. यादव राज कोइरालाले म्याग्जिनले नयाँ जिम्मेवार सम्हाल्ने विधार्थीलाई सकरात्मत आशा देखाएको र केही प्राप्त गर्न संघर्ष गर्नुपर्ने बताएका छन्। त्यसैगरी कार्यक्रमका अतिथि तथा आमसञ्चार तथा व्यवस्थापन विज्ञ प्रो. रामा कृष्ण रेग्मीले अबको वर्षमा प्रकाशन हुने म्याग्जिन राष्ट्र योजना आयोगको लागि सुझाव हुनुपर्ने कामना गरेका छन् ।

कान्तिपुर सिटी कलेजल व्यवस्थापन अध्ययन गराई विधार्थीलाई सक्षम जनशक्ति उत्पादन गरेको र देश विदेशमा योगदान गरिरहेको प्रबन्ध निर्देशक प्रहलाद कार्की बताए ।

त्यसैगरी कान्तिुर सिटी कलेजका प्रिसिन्पल राजु कट्टेलले विधार्थीको मिहिनेत, रचनात्मक प्रयासलाई सधै सहयोग गर्ने र आगामी दिनमा निरन्तरता दिइराख्न सल्लाह दिएका छन् । सन् २००५ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई व्यवस्थापन विषयको स्नातक तहमा अध्यापन गर्दै आएको कान्तिपुर सिटी कलेज व्यवस्थापन शिक्षणमा अग्रणी मध्येको एक मानिन्छ । विमोचन कार्यक्रममा विधार्थी, संकाय प्रमुख, लेक्चर्रल तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि