२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय होइन  : श्रममन्त्री

१७ जेठ , काठमाडौं । श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो भाष्य बन्नु दुखद् विषय भएको बताएका छन् ।

विहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट शुरु गरेको श्रमाधान रोजगार मेलाको उद्घाटन श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य परिवर्तन गर्न पनि श्रमाधान रोजगार मेला फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

‘युवालाई विदेश पठाउन घर घर, गल्ली गल्ली गएर खोज्ने काम भइरहेको छ,’उनले भने, ‘तर आन्तरिक रोजगारीका लागि कतैबाट खासै पहल भएको पाइँदैन, हामीले यसमा परिवर्तन ल्याउन जरुरी छ, मेला यसको सुरुवात बन्ने विश्वास छ ।’

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीलाई प्रवर्धन गर्न केही अघि श्रमाधान कल सेन्टरको स्थापना गरेको र त्यसले प्रभावकारी ढंगले काम गरिरहेको उनले जानकारी गराए ।

कुनै बजेट नै नभएको अवस्थामा श्रमाधान रोजगार मेला सुरु गरेको र आगामी वर्षहरुमा यसलाई थप विस्तार गरेर लैजाने मन्त्री अर्यालले बताए । ‘मेलाले कतिलाई रोजगारी दिन्छ भन्ने होइन, केही न केही सुरुवात गरौं भनेर हो,’उनले भने, ‘आगामी वर्ष यसलाई निकै व्यवस्थित गरेर लैजान्छौं ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण बनाउन सकेमात्र रोजगारीका प्रशस्त अवसर सिर्जना हुने बताए । श्रमाधान रोजगार मेलाका अवसरमा आयोजित उद्घाटन समारोहमा अध्यक्ष ढकालले लगानीको वातावरण बनाउन सके रोजगारीका प्रशस्त अवसर सिर्जना हुने र मेलाले सार्थकता पाउने बताएका हुन् ।

रोजगार मेला रोजगारदाता र रोजगारीका खोजीमा रहेका व्यक्तिको मिलनविन्दु हुने उनको विश्वास छ । अध्यक्ष ढकालले रोजगार मेलामा आयोजकका रुपमा सहभागी हुन पाउनु निजी क्षेत्रका लागि गौरवको विषय भएका बताए । लगानी तथा रोजगारी बढाउनका लागि निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भनेर महासंघले दिएको सुझावलाई सरकारले गम्भीर रुपमा लिएको भन्दै उनले खुसी व्यक्त गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि