१९ कार्तिक २०८२, बुधबार
मुख्‍य समाचार

सरकारी कर्मचारीको तलब बढेन

१५ जेठ, काठमाडौं । सरकारले कर्मचारीको तलब सुविधा नबढाउने भएको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१÷८२को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् ।

पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो । त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कायम गरिएको थियो ।

अहिले सरकारी कर्मचारीको तलब न्युनतम् २६ हजार ३४८ र अधिकतम् ८२ हजार ३५९ रुपैयाँसम्म छ । आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारले सबै सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको थियो । आगामी वर्षको बजेटले तलब सुविधा वृद्धिबारे कुनै घोषणा नगरेपछि सोही तलब कायम हुने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले सरुवालाई अनुमानयोग्य बनाउने घोषणा गरेका छन् । सार्वजनिक सेवालाई मुहमाररहित र कागजरहित बनाउने घोषणा पनि भएको छ । सेवाग्राहीको गुनासो सुन्ने र समबोधन गर्ने व्यवस्थाका लागि ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ सञ्चालनको घोषणा पनि बजेटले गरेको छ ।

सरकारी खर्चमा मितव्ययिता कायम गर्ने र विदेशमा हुने कार्यक्रममा सकेसम्म सम्न्धिकत देशको नेपाली दूतावास र नियोगबाट नै सहभागी गराउने व्यवस्था मिलाउने पनि बजेट वक्तव्यमा उललेख छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको