२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

एउटा ट्रकका कारण नारायणगढ बुटवल राजमार्ग अवरुद्ध

१५ जेठ, काठमाडौं । नवलपरासी पूर्वको थुम्सीमा एउटा ट्रकका कारण नारायणगढ बुटवल राजमार्ग सञ्चालनमा कठिनाइ भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।

मंगलबार बिहान सडक एकतर्फी रुपमा सञ्चालनमा त आएको छ तर सडक छेउमा फसिरहेको बा प्र ०३-००१ ख-०९६१ नम्बरको ट्रकका कारण दुईतर्फी रुपमा खुल्न सकेको छैन ।

लामो प्रयासबाट राजमार्ग एकतर्फी सञ्चालन गरे पनि त्यही ट्रकका कारण दुई तर्फी रुपमा सञ्चालन गर्न कठिन भएको बुटवल नारायणगढ सडक योजना कार्यालयले जानकारी दिएको छ ।

उक्त ट्रकका चालक, सहचालक र सवारी धनी हालसम्म पनि सम्पर्कमा नआएका कारण त्यसलाई हटाउन नसकेको र राजमार्गका यात्रुहरुले दु:ख पाएको आयोजनाले फेसबुकमा सूचना राखेर जानकारी दिएको छ ।

‘तसर्थ, यो ट्रकसँग सम्बन्धित व्‍यक्ति वा ट्रकसँग सम्बन्धित व्‍यक्तिलाई चिन्नुहुने जो कोही कृपया हामीसँग छिटोभन्दा छिटो सम्पर्कमा आईदिनुभई दुईतर्फी सहज यातायात सञ्चालनमा सहयोग गरिदिनुहुन अनुरोध छ।’, आयोजनाले उल्लेख गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि