५ पुष २०८२, शनिबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

१४ जेठ, बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

यसअघि प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफलपश्चात् पारित भएको थियो । आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याउन लागिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ । सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ ढङ्गका कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।