२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

जापानबाट फर्केकी युवतीसँग काठमाडौँमा विवाह, एक सातामै पत्नीले दिइन् वैवाहिक बलात्कारको उजुरी

१० वैशाख, काठमाडौँ । विवाह गरेको एक सातामै पत्नीले वैवाहिक बलात्कार गरेको आरोप लगाएपछि काठमाडौँको नयाँ बानेश्वर बस्ने ३५ वर्षीय पुरुष हिरासतमा पुगेका छन् । जापानमा करिब ७ वर्ष बसेर फर्केकी ३२ वर्षीया युवतीसँग उनले ७ वैशाखमा विवाह गरेका हुन् ।

काठमाडौँ महानगरपालिका–१० बानेश्वर सहभाागिता मार्गस्थित डेरामा बस्ने उनीविरुद्ध पत्नीले प्रहरी वृत नयाँ बानेश्वरमा जाहेरी दिइन् । वैवाहिक बलात्कारको जाहेरी दर्ता भएपछि प्रहरी वृत नयाँ बानेश्वरले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । आरोपीलाई जिल्ला अदालत काठमाडौँले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

आरोपी र पीडित सामाजिक संजालमार्फत सम्पर्कमा थिए । नेपाल फर्केपछि पीडित र आरोपीबिच बत्तिसपुलतीस्थित द ग्रिलनेशन रेष्टुरेण्टमा विवाह भयो । विवाह भएको दिन शारीरिक सम्पर्क नभएको र भोलिपल्ट एक पटक सहमतिमा शारीरिक सम्पर्क भएको आरोपीले बयान दिएका छन् । तर, विवाह गरेको एक सातामा अर्थात १३ वैशाखमा उनीहरूबिच मनमुटाब सुरु भयो ।

आफ्नो बुवासँग पत्नीले ‘कार्यालयमा लेडिज स्टाफहरुसँग सम्बन्ध रहेछ’ भनेपछि मनमुटा सुरु भएको आरोपीले प्रहरीलाई बयान दिएका छन् । बयानमा भनेका छन्,‘१४ गते बिहान पीडितलाई उनको दिदीले घर कुर्न बोलाएपछि मैले नै छाडेर आएँ, त्यसपछि मेरो विरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता गरिछन् ।’

सहभागिता मार्गस्थित डेरामा इच्छा विपरीत नव दुलाहाले आफूलाई ‘जबरजस्ती करणी’ गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा भनिएको छ,‘वैशाख ८ गते रातिदेखि मलाई इच्छा विपरीत जबरजस्ती करणी गरेका हुन्, करणी गर्न नमान्दा चिमोट्ने, कुटपिट गर्ने र अन्तिम पटक १३ वैशाखमा करणी गर्न खोजेपछि मैले ‘म सक्दिनँ’ भन्दा कुटपिट गरे ।’

प्रतिवादी पुरुषको ३ वर्षअघि डिभोर्स भएको थियो । उनीहरू दुवैले दोस्रो विवाह गरेको हुन् । परिवारमार्फत चिनजान भएपछि सोसल मिडिया मार्फत कनेक्ट भएर कुराकानी गरेको र विवाह गरेको पुरुषले प्रहरीसँगको बयानमा बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि