११ पुष २०८२, शुक्रबार
मुख्‍य समाचार

अर्थमन्त्रीको आश्वासन पाएका छौं अब्दुल खान

९ जेठ, काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्थ मन्त्रालयसँग सम्बन्धित विषय र संघीय संसद सचिवालयको बजेटका बारेमा अर्थमन्त्री वर्षमान पुनसहित संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका छन् ।

बुधबार सिंहदरबारमा भएको छलफलमा संघीय संसद सचिवालयका लागि बजेट व्यवस्थापनका विषयमा अर्थमन्त्रीलगायत संसदीय समितिका सभापतिहरुसँग छलफल भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बताए ।

बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘अर्थ मन्त्रालयसँग सम्बन्धित र संसद सचिवालय बैठकसँग सम्बन्धित विषयमा छलफल भयो । यसमा राजनीतिक विषयमा छलफल भएन । समितिहरुले मागेको बजेट अर्थ मन्त्रालयले दिने नदिने विषयमा स्पष्ट भनिसकेको छैन । घुमाउरो पारामा बहाना बनाइएको छ ।’

समितिहरुले बजेटको सिलिङ लेखेर पठाएपछि राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई पठाउने र स्रोत हेरेर स्रोत सुनिश्चित भइसकेपछि बजेटको व्यवस्थापन गर्ने अर्थमन्त्री पुनले आश्वासन दिएको खानले बताए ।

‘आउँदो आर्थिक वर्षमा संघीय संसद सचिवालयका लागि बजेट छुट्याउने आवश्वासन अर्थमन्त्रीज्यूले दिनुभयो,’खानको भनाइ छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको