१३ पुष २०८२, आईतवार
अनौठो संसार मुख्‍य समाचार

पुरुष अण्डकोषमा सबैभन्दा खतरनाक पदार्थ : न गल्छ, न नष्ट हुन्छ !

९ जेठ , काठमाडौं । पृथ्वीकै सबैभन्दा खतरनाक पदार्थ, जो न त नष्ट हुन्छ न त सड्ने वा गल्ने नै हुन्छ। यो मानिसहरुको भ्रूण, प्राचीन पत्थर, नशा, ब्लू ह्वेल, बच्चाले दिसा गर्ने पटदेखि अन्टार्कटिका, सगरमाथा र समुद्रको गहिराईसम्म पुगेको छ । त्यो खतरनाक पदार्थ हो, प्लास्टिक । अब यो मानिसको अण्डकोषसम्मै पुगिसकेको छ । एक नयाँ अध्ययनले यसको खुलासा गरेको छ ।

न्यु मेक्सिको विश्वविद्यालयका वैज्ञानिकहरुले कुकुर तथा मानिसको अण्डकोषका तन्तुहरुमा प्लास्टिकका सुक्ष्म कण अर्थात् माइक्रो प्लास्टिक फेला पारेका छन् । कुकुरको तुलनामा मानिसका अण्डकोषमा तीन गुणा धेरै माइक्रोप्लास्टिक पाइएको छ ।

कुकुरको हरेक १ ग्राम अण्डकोषको तन्तुमा १२२.६३ माइक्रो ग्राम प्लास्टिक भेटिएको छ । जबकि मानिसमा भने अण्डकोषको १ ग्राम तन्तुमा ३२९.४४ माइक्रोग्राम प्लास्टिक फेला फेला परेको छ ।

यसबाट पनि हाम्रो सरीरमा प्लास्टिक प्रदुषण कतिधेरै बढेको छ भन्ने कुराको पुष्टि हुन्छ । यो हाम्रो सरीरको हरेक अंगमा पुगिरहेको छ । यसका कारणबाट पुरुषहरुको प्रजनन क्षमतामा असर पुगेको छ ।

आगामी पुस्ताको लागि चिन्ताको विषय

यस अध्ययनमा सहभागी शोधकर्ता शियाओझांग यूका अनुसार सुरुमा त उनलाई यस कुरामा आशंका लागिरहेको थियो । तर जब उनले पूरै जाँच गरे तब पुरुषको प्रजनन अंगसम्मै माइक्रोप्लास्टिकले घुसपैठ गरिसकेको पत्ता लाग्यो । त्यस्तै कुकुरमा गरिएको जाँचले झनै हैरान बनाइदियो ।

मानिसको अण्डकोषमा प्लास्टिकको अत्यधिक मात्रा पुगिसकेको तथ्य आगामी पुस्ताका लागि चिन्ताको विषय भएको उनको भनाई छ । यसले पुरुषको प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तरमै असर पार्न सक्दछ।

अध्ययनका क्रममा कुकुर तथा मानिसको अण्डकोषमा १२ वटा विभिन्न प्रकारका माइक्रोप्लास्टिक पाइएका थिए । त्यसमा पोलिइथिलिन सबैभन्दा धेरै पाइएको छ । पोलिइथिलिनबाटै प्लास्टिकका झोला तथा प्लास्टिकका बोतल बनाइन्छ । यसबाट नै सबैभनदा धेरै प्लास्टिक प्रदूषण हुन्छ ।

अध्ययनका क्रममा कुकुरको शुक्रकिटमा अत्यधिक मात्रामा पोलिभिनाइल क्लोराइड पाइएको थियो । यो प्लास्टिकको एउटा रुप हो । यसका कारणबाट कुकुरमा स्पर्म काउन्ट अर्थात् विर्यमा शुक्रकिटको संख्या कम हुने गरेको पाइएको छ । पिभिसीको अधिक प्रयोगले विश्वमा मानिसहरुमा समेत स्पर्म काउन्टमा गिरावट आइरहेको आँकलन शोधकर्ताहरुको छ ।

अण्डकोषमा प्लास्टिक पाइएको सम्बन्धी शोध टक्सिकोलोजिकल साइन्सेस जर्नलमा प्रकाशित भएको छ । एजेन्सीको सहयोगमा

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको