४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार

रुकुम पश्चिममा १० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

८ जेठ, रुकुम । पश्चिम रुकुम पश्चिममा करिब १० हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभि खोप लगाउने गरी अभियान सञ्चालन हुँदैछ । यही जेठ १३ गतेदेखि २६ गतेसम्म जिल्लाभरमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीले जिल्लाभरका करिब १० हजार बालबालिकालाई खोप लगाउने लक्ष्यसहित दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिए।

पहिलो चरणमा यही जेठ १३ गते देखि १८ गतेसम्म चौरजहारी नगरपालिका र त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिका तथा मुसीको र आठबीसकोट नगरपालिकासहित पाँच पालिकामा जेठ २० गते देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन हुने उनले बताए ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन दुई सय ९३ खोप केन्द्र तोकिएका छन् । अभियानमा दुई सय ७८ खोप कार्यकर्ता र चार सय महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि