२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार

जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयन गराउन फिनल्याण्डले  नेपाललाई १३ मिलियन युरो अनुदान दिने

८ जेठ, काठमाडौँ ।जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारले नेपाल सरकारलाई १३ मिलियन युरो अनुदान दिने सम्झौतामा आज हस्ताक्षर भएको छ ।

यही जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले फिनल्याण्ड सरकारले दिने अनुदान स्विकार गर्ने निर्णय गरे अनुसार मंगलबार दुईपक्षबीच उक्त समझदारीमा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र फिनल्याण्ड सरकार तर्फबाट नेपालका लागि फिनल्याण्डकी राजदूत रिना रिक्काले हस्ताक्ष गरेकी हुन् ।

फिनल्याडको उक्त सहयोगले नेपालको दिगो प्राकृतिक स्रोत व्यवस्थापन र स्थानीयको जीविकोपार्जनमा सहयोग पु¥याउने अर्थ मन्त्रालयका सहसचिव नेपालले बताए ।

उनले भने, ‘यस परियोजनाले जलवायु परिवर्तनले पारिरहेको असर कम गर्न र नेपाल सरकारले निर्धारण गरेका लक्ष्य पुरा गर्न कोसेढुंगा सावित हुनेछ ।’

यस परियोजनाले सुदूरपश्चिम र कर्णालीका लाखौं व्याक्ति लाभान्वित हुने अपेक्षा सरकारको छ । सहसचिव नेपालका अनुसार सरकारले उक्त रकमबाट विषेश गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा जलवायु परिवर्तनको असरविरुद्ध लड्न परियोजना सञ्चालन गर्ने छ ।

 

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको