१ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

गौशाला चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर

६ जेठ, काठमाडौं । गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।

अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले गौशालादेखि एयरफोर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरु भत्काउन सुरु गरिएको जानकारी दिए ।

आज पहिलो दिन ६ वटा घरहरु भत्काइएको छ । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो । १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो ।

तर घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख पाण्डेले बताए । ‘सडक विभागको २०३५ सालदेखि मापदण्ड अनुसार सडक सीमामा घरहरु बनाएर भाडा उठाइरहे पनि अहिले मात्रै भत्काउन सकेका हौं,’ नगर प्रहरी प्रमुख पाण्डेले भने, ‘अहिले सांकेतिक रुपमा ६ वटा पक्की ठूला घरहरु भत्काएर काम सुरु गरेका छौं । अन्य ३२ वटा अस्थायी टहरा, सटरहरु पनि भत्काउँछौं ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि