३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार

ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या

४ जेठ, काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रको एकमात्र रामघाट प्राथमिक स्वास्थ्य केन्द्र भाडाको घरमा रहेकाले एक्सरे र फार्मेसी सेवा सञ्चालनका लागि ठाउँको अभाव भएको छ । एक्सरे यन्त्र राख्न नौ इञ्च गारोसहितको भवन आवश्यक पर्नेमा सो नहुँदा सेवा दिन समस्या भएको हो ।

यो केन्द्र वीर अस्पताल स्थापनाकालमै पशुपति क्षेत्रको रामघाटमा सञ्चालनमा आएको थियो । पशुपतिनाथको दर्शनमा आउने स्वदेशी एवं विदेशी धार्मिक पर्यटकको प्राथमिक उपचारका लागि केन्द्र स्थापना भएको थियो । पछि पिङ्गलस्थान हुँदै हाल केन्द्र महानगरपालिका वडा नं ८ स्थित इटापाखामा सञ्चालित छ ।

करबाहेक केन्द्र मासिक रु ८५ हजार भाडा तिरेर सञ्चालन भइरहेको केन्द्रका प्रमुख एवं मेडिकल अधिकृत डा सुनिता लम्सालले राससलाई जानकारी दिए । स्थान अभावका कारण एक्स–रे र फार्मेसी सेवा सञ्चालन हुन नसकेको भन्दै ‘एन्टी रेबिज भ्याक्सिन’लगाएको रु ५० शुल्कबाहेक अरु सबै सेवा निःशुल्क दिने गरिएको उनले बताए

केन्द्रमा हाल दैनिक ५० देखि ६० जनासम्म बिरामी आउने गरेका प्रमुख लम्सालले जानकारी दिए। उनका अनुसार केन्द्रमा हाल १३ को स्वीकृत दरबन्दी भए पनि स्थायी पाँच र करारका पाँच गरी १० जना स्वास्थ्यकर्मी एवं कर्मचारी कार्यरत छन् ।

जनशक्ति पूरा नभएकाले कहिलेकाहीँ बेलुकी ८ बजेसम्म पनि काम गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीको गुनासो छ । केन्द्रमा हाल बहिरङ्ग, प्रयोगशाला, इसिजी, खोप सेवा, डट्स, सुरक्षित मातृत्व, परिवार नियोजनलगायत सेवा दिने गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि