२८ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीले चौथो पटक सोमबार विश्वासको मत लिने

४ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (७ जेठ) मा विश्वासको मत लिने तयारी गरेका छन्।

जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार दाहालले सोमबार विस्वासको मत लिने तयारी गरी सो बारे सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रधानमन्त्रीले बिहीबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग विस्वासको मत लिने विषयमा छलफल गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत सचिवालयमा पत्र लेखेर कार्यसूचीमा राखिदिन पठाइसकेको छ ।

२०७९ पुस १० मा प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत लिन लागेको यो चौथोपटक हो। उनलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि