१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपाललाई एक खेल अगावै सिरिज

४ जेठ, काठमाडौं । नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै सिरिज नेपालले एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

१ सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा १३० रनमा अल आउट भयो। ओपनर तथा कप्तान किमानी मेलिउसले सर्वाधिक ५० रन बनाए । ओपनरले ७.४ ओभरमा कुनै विकेट नगुमाई ७३ रन बनाएको अवस्थाबाट नेपालले सानदार पूनरागमन गरेको थियो ।

नेपालका गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले १(१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । अनिल कुमार साहले २७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५० रन बनाए । रोहित पौडेलले ३३ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाए । कुशल भुर्तेल २८ बलमा ४ चौका र १ छक्कासहित ३८, आसिफ शेख शून्य र दीपेन्द्र २६ रनमा आउट भए ।

तेस्रो खेल शनिबार हुनेछ । आईसीसी टी(२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका आउनेछ ।
नेपालले २२ र २३ मे मा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसी टी२० विश्वकप वार्मअप खेलमा २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग खेल्नेछ । त्यसपछि १ जुनदेखि विश्वकप सुरु हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected