२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ : कुलमान घिसिङ

३ जेठ , काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले नेपालमा विद्युतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको बताएका छन् ।

विहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उनले विद्युतीय सवारी साधनले नेपालमा राम्रो प्रमोशन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘भन्सारलगायतका विषयहरु छन् त्यसमा सहजीकरण हुन्छ नै भन्ने मलाई लाग्छ । धेरै विषयमा हामी आन्तरिक रुपमा छलफल नै गरिरहेका छौं । राजस्वको विषयले गर्दा विद्युतीय सवारी साधनमा जुन हिसाबले प्रमोशन भइरहेको छ, यसमा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ । नेपालमा विद्युतीय सवारी साधनको प्रमोशनका कारण राम्रो पिकअप लिएको छ । नेपालमा ग्रिन इनर्जीलाई यसले सपोर्ट गरेको छ ।’

यस्तै, उनले नेपालमा उर्जा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका नीजि क्षेत्रको रहेको पनि बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि