२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पाल्पामा जीप दुर्घटनामा २ जनाको मृत्यु, तेह्र घाइते

३ जेठ, पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।

दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व) मा गए राति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बुधवार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घनाग्रस्त जीपमा चालकसहित १५ जना सवार थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि