१८ कार्तिक २०८२, मंगलवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

म्याग्दीमा संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम

२ जेठ, म्याग्दी । सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरेका हुन् ।

नगरप्रमुख केसीले सङ्गीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताए। कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम सञ्चालन गरेको उनले बताए ।

कार्यक्रममा नगरका उपप्रमुख ज्योति लामिछानेले महिलालाई गाउँघरमा बेलाबेलामा आयोजना हुने भजनकीर्त लगायत धार्मिक–सांस्कृतिक कार्यक्रममा मादल बजाउनसक्ने बनाउन तालिमको आयोजना गरिएको बताए ।

तालिममा बेनी नगरपालिका भित्रका आमा समूह तथा महिलाले नेतृत्व गरेका सङ्घसंस्थाका ६० जना सहभागी भएका छन् । तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि