८ पुष २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार समाचार

कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?

२ जेठ , काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला ? मोदी आफैँले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ ।

उनले देखाएको तीन करोडमध्ये धेरैजसो रकम बैंकमा मुद्दति छ । लोकसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नेमा प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति तीन करोड रहेको उल्लेख गरेका छन् ।

बीबीसीका अनुसार मोदीले मनोनयन दर्ता पत्रमा आफ्नो चल सम्पत्ति ३ करोड २ लाख ६ हजार ८ सय ८९ रहेको उल्लेख छ । त्यसमध्ये २ करोड ८५ लाख भारतीय स्टेट बैंकमा मुद्दति निक्षेप रहेको छ । यसबाहेक मोदीसँग चार वटा सुनका औँठी छन्, जसको मूल्य २.६७ लाख पर्छ ।

मोदीले गत आर्थिक वर्षमा ३.३३ लाख रुपैयाँ आयकर तिरेका थिए । मोदीले नगदबारे यसरी खुलाएपनि उनको अचल सम्पत्ति कहाँ कति छ भन्नेबारे खुलाइएको छैन । जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ । उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी खुलाएका छैनन् ।

मोदीले सन् २०१९ को लोकसभा निर्वाचनमा गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोडको सम्पत्ति रहेको बताएका थिए । जसमध्ये १.२७ करोड रुपैयाँ मुद्दती निक्षेप थियो ।

सन् २०१४ मा भने उनले १.६५ करोड सम्पत्ति रहेको खुलाएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि