३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाटै रिट दर्ता हुने

१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।

कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता गर्ने सुविधा दिन लागेको हो ।

सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलका अनुसार मंगलबार दुई सफ्टवेयर मार्फत अनलाइनबाट रिट दर्ता सुरु भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले तत्कालका लागि अनलाइनबाट रिट दर्ता भएपछि अरु कागजात भौतिक रुपमा मागिने बताए । ‘उहाँहरुले अनलाइनबाट पठाएको रिट निवेदन हामीले प्रारम्भिक रुपमा हेर्छौं, त्यसलाई अघि बढाउन उपयुक्त देखिएमा अरु कागजात माग्नेछौं’, उनले अनलाइनखबरसँग भने, ‘हामीले परीक्षणको रुपमा यो सेवा सुरु गर्न खोजेको हो । काम गर्दै गएपछि आवश्यक परेमा थप परिमार्जन गरिनेछ ।’

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि