२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

सभामुखसँग रास्वपाको माग : संसदमा गृहमन्त्रीले बोल्न पाउनुपर्छ

१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने बताएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा परियारले भनेका छन्, ‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । तर, बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ ।’

छलफलमा नेपाली कांग्रेसकी सचेतक शुशिला थिङ, नेकपा एमालेका प्रमुख सचेतक हितराज पाण्डे, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डmे कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी उपस्थित थिए ।

दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठक बस्दैछ । जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् ।

साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । उक्त बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने लगायतका कार्यसूची छ । साँझ बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग रास्वपाले राखेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि