९ पुष २०८२, बुधबार
मुख्‍य समाचार सूचना प्रविधि

ग्यालेक्सी एस २५ सिरिजमा ब्याट्री बचत गर्ने एआई फिचर

१ जेठ, काठमाडौं । सामसुङले आफ्नो आगामी ग्यालेक्सी एस २५ सिरिजका फोनमा एउटा यस्तो आर्टिफिसियल इन्टेलिजेन्स फिचर राख्दैछ जसले स्मार्टफोनको ब्याट्री १० प्रतिशत सम्म बचत गर्नेछ ।

PandaFlash नामक टिप्स्टरले सोसल मिडिया प्लाटफर्म एक्समा सामसुङको आन्तरिक श्रोतलाई उद्धृत गर्दै कम्पनीले विकास गरिरहेको ब्याट्री एआई फिचरका बारेमा खुलासा गरेका हुन् ।

उनका अनुसार ब्याट्री एआई फिचरले ग्यालेक्सी एस २५ सिरिजका फोनको ब्याट्री लाईफ ५ देखि १० प्रतिशत सम्म बढाउनेछ । ब्याट्री एआईका विशेषता र त्यसले कसरी काम गर्दछ ? भन्ने बारेमा भने उनले केही पनि बताएका छैनन् ।

यो फिचरले फोनको ब्याकग्राउण्डमा चलेर ब्याट्री खपत गर्ने विभिन्न सफ्टवेयरको समस्या समाधान गर्ने तर फोनको स्पीड भने नघटाउने उनको भनाइ छ ।

यद्यपि यो फिचर स्मार्टफोनमा राखिएतापनि यसले फोनमा कुनै चामत्कारिक रुपमा ठुलो ब्याट्री दिनेछैन। यो भनेको ब्याकग्राउण्डमा चलिरहेका एपहरु बन्द गर्ने तथा प्रयोगमा नरहेका ट्याबहरु बन्द गर्ने लगायतका हाते कामहरुको सुपर स्मार्ट विधि हुने बताइन्छ ।

यो फिचरले ब्याकग्राउण्डमा चलिरहेका प्रयोगविहीन एपहरुलाई रोक्ने र फोनको प्रयोगको आधारमा सेटिङ मिलाइदिने काम गर्नसक्नेछ।

हुनत ती टिप्स्टरले सामसुङको आगामी ग्यालेक्सी एस २५ मै ब्याट्री फिचर राखिने बारेमा केही पनि बताएका छैनन् । तर, कम्पनीले आफ्नो अत्याधुनिक फिचर नयाँ तथा बहुप्रतिक्षित एस २५ सिरिजबाटै सुरु गर्ने निश्चित छ ।

ग्यालेक्सी एस २५ मा snapdragon 8 Gen 4 तथा Exynos 2500 प्रोसेसर हुने अपेक्षा गरिएको हुनाले ब्याट्री एआई फिचरले त्यसलाई सपोर्ट गर्नुपर्नेछ।

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक