१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने

३१ वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल दशरथ रंगशालामा नहुने भएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्ने तालिका छ ।

तर एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाउँदै घरेलु मैदानमा खेल नहुने जानकारी दिएको एन्फा स्रोतले जानकारी दिएको छ । एएफसीका प्रतिनिधिले केही समयअघि काठमाडौं आएर दशरथ रंगशालामा निरीक्षण गरेका थिए ।

त्यतिबेला उनीहरुले मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थाबारे जिज्ञासा राखेका थिए । यसअघि मैदानकै अवस्थाका कारण ८ चैतमा बहराइन विरुद्ध दशरथ रंगशालमा हुनुपर्ने होम म्याच पनि नेपालले गुमाएको थियो । उक्त खेल नेपालले बहराइनमै गएर उसैको मैदानमा खेलेको थियो ।

रंगशाला एएफसीको मापदण्ड अनुसार नभएपछि एएफसीले न्युट्रल भेन्यू खोज्न एन्फालाई भनेको छ । तोकिएको समयसीमाभित्र न्युट्रल भेन्यू नभए नेपालले यूएईसँगको होम म्याच गुमाउने छ भने नयाँ भेन्यू फिफाले नै खोज्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected