२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

काठमाडौं महानगरले शुरु गर्यो ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’

३० वैशाख, काठमाडौं।  स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ ।

‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत व्यायाम व्यवसायी संघसँगको सहकार्यमा वडा नम्बर १७ को खुशिँवु बुद्धपार्कबाट शिविर थालेको हो । यसपछि खुला व्यायाम क्षेत्रमा यसप्रकारका शिविर आयोजना हुनेछन् ।

शिविरमा रक्तचाप र मधुमेहको प्रारम्भिक परीक्षण गराइन्छ । परीक्षणबाट समस्याको सम्भावना देखिए समस्यालाई रोगमा रुपान्तरण हुन नदिन अपनाउनु पर्ने उपायका बारेमा विशेषज्ञ चिकित्सकबाट परामर्श हुन्छ । यसमा आहार, विहार, आचार, विचारसँग रोगको सम्बन्ध, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जीवनशैलीसँग सम्बन्धित विषय हुनेछन् ।

आइतबारको शिविरमा १ सय १८

जनाले परीक्षण गराए । उनीहरुमध्ये करिब १५ प्रतिशतमा प्रारम्भिक मधुमेह तथा उच्चरक्तचापको समस्या देखिएको स्वास्थ्य विभागले जनाएको छ ।
यस्तो अवस्थामा रहेका व्यक्तिलाई आउँदो सात दिनसम्म के गर्ने, के नगर्ने, जीवनशैली (खानपान, व्यायाम) को सूची दिएर त्यसपछि फेरि स्वास्थ्य परीक्षण गराउन सुझाव दिइएको छ ।

कार्यक्रम थालनी गर्दै वडा नम्बर १७ का अध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले स्वस्थ्य जीवनबाट मात्र समृद्धि सम्भव हुने बताउँदै रोगबाट थलिनुअघि नै स्वास्थ्य परीक्षणबाट समस्या थाहा पाउने, यसबाट नागरिकको आर्थिक, शारीरिक तथा मानसिक अवस्थालाई क्षति हुनबाट बचाउने उद्देश्यसहित कार्यक्रम थालिएको जानकारी दिए ।

‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडावडामा, टोलटोलमा योग कक्षा सञ्चालन गर्न प्रशिक्षक उत्पादन गर्ने कार्यक्रम सम्पन्न भइसकेको प्रवक्ता मानन्धरले जानकारी दिए ।
खुला रुपमा व्यायाम गर्ने ठाउँहरुमा यस्ता शिविर गर्ने योजना रहेको कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीले जानकारी दिए । हामी कम्तीमा १० ठाउँमा यस्ता शिविर गर्नेछौँ, ओलीको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाभित्र रहेका ४४ वटा व्यायामशाला व्यवसायी संघमा आवद्ध छन् । संघका अध्यक्ष शोभा गुरुङ्का अनुसार, एउटा व्यायामशालामा एक दिनमा औसत १ सय जनाले शारीरिक अभ्यास गर्छन । व्यायामशालामा शारीरिक सुगठनसहित जुम्बा, एरोविक्स, आक्वा फिटनेस (पानीमा डुवेर गरिने) लगायत व्यक्ति तथा समूह केन्द्रीत व्यायामहरु हुने गरेका छन् ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि