२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार

कलंकीबाट बेपत्ता विद्यार्थी ७ दिनपछि पशुपतिमा भेटिइन्

२६ वैशाख, काठमाडौं । कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधबार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् । सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

‘यत्तिका दिन उहाँ कहाँ हुनुहुन्थ्यो, कस्तो अवस्थामा हुनुहुन्थ्यो भन्ने विषयमा अहिले सोधेका छैनौं’, उनले भने, ‘त्यो विषयमा पनि बुझ्छौं ।’

चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् लामिछाने १९ वैशाखदेखि सम्पर्कविहीन थिइन् ।

आमा शोभा लामिछानका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन् । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो ।

स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ थियो ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको