६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

सुन तस्करीमा जोडिएका दावाको होटल भियनामा सीआईबी छापा

२५ वैशाख, काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ ।

हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको बताइएको छ ।

हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । तर, यसबारे सीआईबीले भने केही पनि सार्वजनिक गरेको छैन ।

यसअघि पनि उक्त होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागको छुट्टाछुट्टै छापा मार्दै आएका थिए । सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ ।

अमला रोका माओवादी केन्द्र निकट रोल्पा-काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् । रोकासहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएको थियो । फरार रोकाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि