२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

बोधिचित्त रुख कटानको अनुसन्धानमा सीआईबीको टोली परिचालन 

२४ वैशाख, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-५, सीसाखानीमा रहेको बोधिचित्तको रुख कटानको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली परिचालन गरिएको छ ।

२९ चैतको राति बोधिचित्तको रुख कटान भएको घटना अझैसम्म नसुल्भिएपछि सीआईबीको टोली परिचान गरिएको हो ।

सीआईबीका एक इन्सपेक्टरको कमाण्डमा टोली काभ्रे पठाएर अनुसन्धान सुरु गरिएको छ । संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

यो प्रकरणमा थुप्रै मान्छेलाई पक्राउ गरेर सोधपुछ गरे पनि अहिले भने तीन जनालाई मात्रै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । अहिले दुर्गालाल तामाङ, मानबहादुर तामाङ र श्यामकृष्ण मैनाली गरी तीन जना मात्रै प्रहरी हिरासतमा छन् । अन्यको संलग्नता नदेखिएपछि छाडिएको छ ।

अहिले हिरासतमा रहेका मानबहादुर तामाङले नै २२ फागुनमा बोधिचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर (अर्कोे साल खेल खत्तम) भनेको भेटिएको थियो ।

प्रहरीका अनुसार वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको खुलेको थियो । अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिएको हुनसक्ने आशंका गरिएको छ ।

भर्खर फूल खेल्दै गरेको ठकुरानी तामाङको बोधिचित्तको रुख राति काटिएको सीसीटीभी फुटेजमा समेत देखिएको थियो । घर वरपर सकेट बम राखेर रुख काटिएको थियो । घर धनीलाई बाहिर निस्कन समेत नदिई अज्ञात समूहले रुख काटेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि