२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार

डेटाहबलाई यस वर्षको आइसिटीअवार्ड

२१ बैशाख , काठमाडौं। यस वर्षको राष्ट्रिय आइसिटीअवार्डबाट डेटाहबप्रालि सम्मानितभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमाआयोजित कार्यक्रम माप्राइभेट सेक्टरतर्फ डेटाहबलाई सम्मान गरेको हो ।

डेटाहबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवाप्रदान गर्दै आइरहेको छ। यो कम्पनीदेशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवाप्रदायक पनि हो ।

निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो । यसको बुटवल माडिजास्टर रिकभरी साइटपनि छ । विगत एक दशक भन्दा बढी समयदेखि बैंक तथावित्तीय संस्था, एनजीओ, आईएनजीओ, आईसीटीकम्पनी, ई–कमर्स, टेलिकम, हस्पिटल, फिनटेक, स्टार्टअप लगायत७ सयभन्दाबढी सानातथा ठूला व्यवसायलाई कम्पनीले सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

कम्पनीले गूगल, फेसबुक, अकामाई जस्ताविश्वप्रशिद्ध संस्थालाई पनि नेपालको लागि सुविधाप्रदानगर्दै आएको छ । क्लाउड सर्भिसको लागिअन्तराष्ट्रिय स्टान्डर्डको सेल्फ सर्भिस पोर्टल एतिक्लाउडपनि सञ्चालनमा रहेको छ ।

सन् २०१५ को भूकम्प, कोरोना महामारी जस्ता विपद्मापनि निरन्तर सेवाप्रवाह गरेको डेटाहबले नेपालको डिजिटल अर्थतन्त्रमामहत्त्वपूर्ण योगदानपुर्याउँदै आएको छ ।
सुरक्षाकालागि आईएसओ सर्टिफिकेट प्राप्त गरेको डेटाहबले पूर्वी नेपालमा समेत डेटा सेन्टर बनाउने योजना लिएको छ भने काठमाडौं र बुटवल र्याकको क्षमता बढाउँदै गएको छ । कम्पनीले ५० जनाबढीलाई रोजगारी दिइरहेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको