२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

सर्लाहीको विष्णुपुरमा भीषण आगलागी, दर्जनौं घर जलेर नष्ट

२० वैशाख, जनकपुरधाम । सर्लाहीको विष्णुपुर गाउँपालिका-१ बाराद्धोरण टोलमा भीषण आगलागी भएको को । दिउँसो ३ बजेबाट सुरु भएको आगलागीले दर्जनौं घर जलेर नष्ट भएको छ ।

चारवटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । कति घर जलेको भन्ने एकिन विवरण प्राप्त नभएको उनले बताए ।

बारा उद्धोरण टोलमा आगलागीले अहिलेसम्म सय घर बढी जलेको गाउँपालिका अध्यक्ष जवाहर यादवले जानकारी दिए ।

त्यहाँ अधिकांश पटेल परिवारको विपन्न वस्ती रहेको उनको भनाइ छ । गाउँपालिकाले बाँडेको ग्यास सिलिन्डर बिस्फोट हुँदा झन् आगो सल्केर वस्तीलाई चपेटामा लिएको उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि