१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

यु–१९ भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै

१७ वैशाख, भक्तपुर । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ ।
आयोजक बङ्गलादेश निलोलाई हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो । ढाकामा नपाली भलिबल टोलीका साथमा रहनुभएका भक्तपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं टोली व्यवस्थापक दिपक थापाका अनुसार आइतबार भएको सेमिफाइनलमा  नेपाली टोलीले बङ्गलादेश निलोलाई २५–१६, २५–२१ र २५–२१ अङ्कले पराजित गरेको हो ।
यसअघि नेपालले शनिबार भएको खेलमा माल्दिभ्सलाई २३–२५, २५–१९, २५–१३ र २५–२१ अङ्कले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो ।
भलिबल प्रतियोगितामा भाग लिन भक्तपुरको टोली बङ्गलादेश गएको हो । टोलीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशी पुलामी मगर र भुवन तामाङ रहेका छन् ।
टोलीको प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहेका छन् । टोली पठाउन ‘सहायता फाउन्डेसन’का अध्यक्ष राजु ढुङ्गेल, विकास बस्नेत, व्यवसायी लक्ष्मण अवाल र व्यवस्थापक थापाले रकम जुटाएका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected