१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

पन्जाबद्वारा टी-२० क्रिकेट इतिहासकै सर्वाधिक ठूलो लक्ष्य चेस

१५ बैशाख, काठमाडौं । ओपनर जोनी बेयरस्टोको शतक र शशांक सिंहको हिटिङको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग(आईपीएल) मा कोलकाता नाइट राइडर्समाथि ८ विकेटको विश्व कीर्तिमानी जित हात पारेको छ ।

पन्जाबले टी-२० इतिहासकै सर्वाधिक २६२ रन पूरा गरेको हो । यसअघि टी-२० मा सन् २०२३ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध २५९ रन चेस गरेको थियो ।

२६१ रनको लक्ष्य पन्जाबले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । पन्जाबको जितमा जोनी बेयरस्टो ४८ बलमा ८ चौका र ९ छक्कासहित १०८ रनमा नट आउट रहे । खराब लयपछि बारिह भएका बेयस्टोको यो शतकले पन्जाबलाई ठूलो राहतसमेत दिनेछ । ओपनर प्रभशिम्रन सिंहले २० बलमा ४ चौका र ५ छक्कासहित ५४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

शशांक सिंह २८ बलमा २ चौका र ८ छक्कासहित ६८ रनमा नट आउट रहे । राइली रोसोउ २६ रनमा आउट भए । कोलकाताको एक मात्रै विकेट सुनिल नारायणले लिए ।

त्यसअघि इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो । कोलकाताका ओपनर फिलिप साल्टले ३७ बलमा ६ चौका र ६ छक्कासहित ७५ रन बनाए । सुनिल नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए ।

वेंकटेश ऐर ३९, आन्द्रे रसेल २४, श्रेयस ऐर २८ र रिंकु सिंह ५ रनमा आउट भए । पञ्जाबका अर्शदीप सिंहले २, साम करन, हर्षल पटेल, राहुल चाहरले १(१ विकेट लिए ।

आईपीएलमा यसअघि सर्वाधिक रन चेस २०२० मा राजस्थान रोायल्सले पन्जाबमाथि २२४ रनको पूरा गरेको थियो । यसै वर्ष राजस्थानले कोलकातासँगा पनि २२४ रनको लक्ष्य पूरा गरेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected