२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार

गण्डकी प्रदेश प्रमुखको जिम्मा डीआईजी दुर्गा सिंहलाई

१४ चैत, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी पाएकी छिन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहको शुक्रबार गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा गरिएको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट सिंहको सरुवा गरिएको हो ।

यसअघि ७ वैशाखमा गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएपछि गण्डकी प्रदेशमा डीआईजी रिक्त थियो । उनै खनालको ठाउँमा सिंहलाई पठाइएको हो । आजै शुक्रबार ६ एसएसपीको सरुवा गरिएको थियो ।

८ महिनामै जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको थियो ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको