६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

ऋषभ पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली विजयी

३ वैशाख, काठमाडौं । कप्तान ऋषभ पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनायो ।

अन्तिम ओभरमा जित्नलाई गुजरातलाई १९ रन चाहिएको थियो । मुकेश कुमारलाई राशिद खानले पहिलो र दोस्रो बलमा चौका र पाँचौं बलमा छक्का हाने पनि जिताउन सकेनन् । डेविड मिलर २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रनमा आउट भए । राशिद खान ११ बलमा २१ रनमा नट आउट रहे ।

साइ सुदर्शन ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । कप्तान शुभमन गिल ६ र रिद्दिमान शाह २५ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।

दिल्लीका राशिख सलामले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट लिए । मुकेश कुमार, एनरिच नोर्किया र अक्षर पटेलले १–१ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । दिल्लीका कप्तान ऋषभ पन्तले ४३ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८८ रन बनाए ।

अक्षर पटेलले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६, पृथ्वी शा ११, जेक फ्रेजर म्याकगर्क २३ र शाई होप ५ रनमा आउट भए । स्टब्सले तल्लोक्रममा ७ बलमा ३ चौका र २ छक्कासहित २६ रन वनाए ।

गुजरातका सन्दिप वारियरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । नुर अहमदले १ विकेट लिए । मोहित शर्माले ४ ओभरमा ७३ रन खर्चिए ।

दिल्ली ९ खेलमा ४ मा जितसहित छैटौं स्थानमा छ । गुजरात ९ खेलमा ८ अंकका साथ सातौं स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected