१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु

१२ वैशाख, दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु भएको छ ।
आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु भएका तीनै जना कमल गाउँपालिका–४ अमलडाँगीका भएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ९३२९ नम्बरको बोलेरोले तीनजना सवारविपरीत दिशातर्फ गइरहेको मे३प ५००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका तीनैजनालाई विएण्डसी अस्पताल विर्तामोडमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
जिप चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि