२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

१२ वैशाख , भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् ।

विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्र्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।

प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट २०८० भदौ महिनामा पक्राउ पुर्जी जारी भएको थियो ।

खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले राससलाई जानकारी दिए ।

पक्राउ परेका तामाङलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व