१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

पश्चिम बंगालमा २४ हजार शिक्षक भर्ना खारेज : तत्कालीन शिक्षामन्त्रीले घुस लिएको आरोप

१० वैशाख, काठमाडौं । पश्चिम बंगाल सरकारले गरेको शिक्षक भर्ना कलकत्ताको उच्च अदालतले २४ हजार शिक्षकको भर्ना खारेज गरिदिएको छ ।

 

 

कलकत्ता उच्च अदालतले पश्चिम बंगाल स्कुल सेवा आयोग दारा लिएको शिक्षक भर्ना खारेज गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शिक्षकको भर्ना खारेज भएसँगै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको सरकारमा ठूलो धक्का लागेको छ ।

 

 

शिक्षक भर्नामा घोटाला भएको भन्दै उच्च अदालतले २०१६ देखिको सबै किसिमको रोजगारीमा रोक लगाइ दिएको छ । उक्त रोजगारीमा रोक लगाएपछि २४ हजार शिक्षकको भर्नाका रोकिएको हो । उक्त भर्ना पक्रियामा संलग्न पुर्वशिक्षामन्त्री पार्थ चर्टजी र अन्य अधिकारीहरुलाई १५ लाख रुपैयां घुस लिएको आरोप लगाएको छ ।

 

 

उनीहरूमाथि इडी र सीबीआइले कारबाहीका लागि थप अनुसन्धान गरिरहेको छ। यो घोटाला प्रकरण सन् २०१४को हो, त्यतिबेला पश्चिम बंगाल स्कुल सर्भिस कमिसनले पश्चिम बंगालमा सरकारी स्कुलमा शिक्षक भर्नाका लागि आवेदन खुलाएको थियो।

 

 

उक्त भर्ना प्रक्रिया सन् २०१६ मा सुरू भएको थियो भने त्यतिबेला शिक्षामन्त्री पार्थ चटर्जी थिए । यो मुद्दामा धेरै गुनासाहरू कलकत्ता उच्च अदालतमा पेश गरिएको छ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण