१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

पश्चिम भारतमा सडक दुर्घटनामा ९ को मृत्यु

९ वैशाख , काठमाडाै । भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार बिहान भएको सडक दुर्घटनामा १८ देखि ३० वर्ष उमेर समूहका कम्तीमा नौ पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

राजस्थानको झालवार जिल्लामा तीव्र गतिमा गुडिरहेको गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । पीडितहरू छिमेकी राज्य मध्यप्रदेशको विवाहमा सहभागी भई घर फर्किरहेका थिए ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना हुँदा दुर्घटनाग्रस्त गाडीमा १० जना सवार थिए । एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि ठूला सवारी साधनका चालक घटनास्थलबाट फरार भएको र पछि उनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएका थिए ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण