२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

एन्फा उपाध्यक्ष दावा लामा छुटे

६ वैशाख, काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए ।

लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

उच्चको फैसलाविरुद्ध उनी सर्वोच्च गएको र सर्वोच्चले तत्काल पक्राउ नगरी तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि उनी रिहा भएका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि