५ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार साहित्य/ समाचार

पोखराका साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन

४ वैशाख, कास्की । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मनिपालमा भेन्टिलेटरमा भर्ना भएका थिए ।

उपचारका क्रममा उनको निधन भएको जनाएको छ । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो ।

साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

साहित्यकार प्रकटको बचाउका लागि उनका शुभेच्छुक र विभिन्न साहित्यिक संस्थाले सहकार्यसमेत गरिरहेका छन् । साहित्यकार प्रकटको जीवन बचाउन आर्थिक सहयोग गरिदिन अपीलसमेत गरिएको छ । ‘उहाँलाई ज्वरो आइरहेको थियो ।

हिजो बिहान अलि बढी नै समस्या देखिएपछि अस्पताल लगिएको थियो’, प्रकटका भतिज प्रज्वल पगेनीले भने, ‘उहाँमा धेरै इन्फेक्सन पनि देखियो । निमोनिया र जन्डिसले ग्रस्त पारेको रहेछ र उपचारमा पनि आर्थिक समस्या परेपछि सहयोगका लागि आग्रह गरिएको हो ।’

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् । पछिल्लो समय प्रकटले जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए ।

उनले लेखेका चर्चित गजल

साँझमा दियाे बाली राख्याै, काे आउदैछ आज ?
हातका औला चालिराख्याै, काे आउदैछ आज ?

हिजो अस्ती उप्किएका, घरका छेउकुना
बिहानदेखि टाली राख्यौ, को आउँदैछ आज ?

एउटा फूल भगवानलाई टिपे भैहाल्यो त,
सिङ्गै फूलको डाली राख्यौं, को आउँदैछ आज ?
साँझमा दियाे बाली राख्याै, काे आउदैछ आज ?
हातका औला चालिराख्याै, काे आउँदैछ आज ?

बिहानदेखि सजिएर सिंगारपटार गरी,
शिरको सिउँदो खाली राख्यौ, को आउँदैछ आज ?
साँझमा दियाे बाली राख्याै, काे आउदैछ आज ?
हातका औला चालिराख्याै, काे आउदैछ आज ?

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको