२९ माघ २०८२, बिहीबार
खेलकुद

बहराइनमाथि ओमानको रोमाञ्चक जित

३० चैत, काठमाडौं । घरेलु टोली ओमानले एसीसी प्रिमियर कपमा बहराइनलाई ३ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

अन्तिम ५ बलमा ७ रन बहराइनलाई चाहिएको अवस्थाबाट रोक्दै ओमानले विजयी सुरुवात गरेको हो ।

१७८ रनको लक्ष्य पछ्याएको बहराइनले २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाउन सक्यो । बहराइनका इमरान अलीले ३४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

हैदर बटले २७ बलमा ३ चौका र ३ छक्कासहित ४७, आहमेर बिन नासिरले ३८ रन बनाए ।

अन्तिम ६ बलमा बहराइनलाई जित्नलाई ११ रन चाहिएको थियो । बिलाल खानलाई पहिलो बलमा बिनले चौका हानेपछि बाँकी ५ बलमा ७ रन चाहिएको थियो । तर त्यसपछि दोस्रो र तेस्रो बल बिनले डट खेल्न पुगे । चौथो बलमा दुई, पाँचौंमा डट र अन्तिम बलमा १ रन लिएपछि हार्न पुग्यो ।

ओमानका बिलाल खान, सकिल अहमद, फयाज बट र अकिब इलियसाले २–२ विकेट लिए । त्यसअघि अलमरेत क्रिकेट मैदान–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।

ओमानका अकिब इलियासले ५३ बलमा २ चौका र २ छक्कासहित ६२ रन बनाए । जिशान मकसुदले २५ बलमा ४ चौका र २ छक्कासहित ४५, कश्याप प्रजापति ३८, नसिम खुसी १८ रन बनाए ।

बहराइनका अली दाउद, रिजवान बट, अब्दुल मजिदले १-१ विकेट लिए । समूह बी अर्को पहिलो खेलमा युएईले कुवेतलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । समूह ए मा नेपाल र मलेसियाबीच ४ : १५ पछि खेल हुनेछ । अर्को समूह ए को खेलमा कतारले हङकङसँग सोही समयमा खेल्दैछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected