२९ माघ २०८२, बिहीबार
खेलकुद

केयुले खेलकुद शैक्षिक शाखा स्थापना गर्ने

२९ चैत, काठमाडौं । काठमाडौं विश्वविद्यालयसँग खेलकुदलाई शैक्षिक शाखा स्थापना गरी अघि बढाउन युवा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालयविबच सम्झौता भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय र काठमाडौ विश्वविद्यालय बिच समग्र खेल क्षेत्रको रिसर्च तथा विकासका लागी खेलकुद शाखा स्थापना गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौतामा युवालाई कसरी पलायनबाट रोक्न सकिन्छ भन्नेमा ध्यानाकर्षण गर्दै देशमा नै खेलकुद विकासलाई अगाडी लैजाने भन्ने मुख्य उद्धेश्य रहेको काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले बताए ।

‘अहिले युवाहरु धेरै पलायन भइरहेका छन् । युवा पलायन हुनबाट रोक्न हामीले युवाले कस्ता विषय पढ्न इच्छा गर्छन् भन्ने अध्ययन गर्दा खेलकुद पनि एउटा इच्छाएको विषय हुन सक्छ भन्ने पायौं ।

केही समय अघिबाट नै राखेपसँग कुरा गरिरहेका थियौं । मन्त्रालयले नै हाम्रो साथ दिँदा हामी दरो भएर काम गर्ने वातावरण बनेको छ ।’ उनले अनलाईन खबरसँग भने ।

हाल यस विषय निमार्णका लागि केयूले आफूसँग समन्वय गरिरहेका विदेशी विश्वविद्यालयसँग छलफल गर्दै पाठ्यक्रम निमार्ण गर्ने थापाले बताए ।

उनका अनुसार खेलकुदलाई बहुआयामीक विषयका रुपमा यसको व्यवसायीक विकासका लागि काठमाडौं विश्वविद्यालयले यस विषयलाई प्राथमिकता साथ हेरेको बताए ।

‘खेलकुद व्यवसायीक बन्दै गर्दा यसका बहुआयामहरु छन् । यो मेडिकल र इन्जिनियरिङमा पनि रिलेट हुन थालेको छ । जसले गर्दा यसको लागि हामी कोर्स डिजाइन गरेर ६ महिना देखि १ वर्षको छोटो कोेर्स देखि अन्य कोर्सहरु बनाउने योजनामा छौं ।’

उनले भने । खेलकुदमा हाल नेपालमा बढेको चासो र युवालाई तान्ने र मन पर्ने विषय भएकाले यसको पढन पाठन नेपालमा नै हुने गरि मिलाउन काठमाडौं विश्वविद्यालय गरिरहेको उपकुलपति थापाले बताएका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected