२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

२८ चैत, काठमाडौं । मानव बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका-१ का ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घले रहेका छन् ।

उनलाई मानव बेचविखन ब्‍यूरोको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता
एसपी ज्ञानेन्द्र प्रसाद फुयालले बताए ।

एसपी फुयाँलका अनुसार आर्थिक अवस्था कमजोर भएकी पीडितलाई कुवेतमा मासिक २८ हजार तलब दिने काममा लगाइ दिने भन्‍दै मिलेमतोमा भारतको नयाँदिल्लीमा पुर्‍याएको र उक्त स्थानबाट भिजिट भिसामा श्रीलंकाको कोलम्वोमा प स्थानीय एजेन्टलाई जिम्मा लगाएको खुल्न आएको छ ।

घटनामा संलग्न अन्य अभियुक्तहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

 

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व