२९ माघ २०८२, बिहीबार
खेलकुद

गलकोटमा नयाँ वर्षमा पानीमा भलिबल प्रतियोगिता हुने

२८ चैत, गलकोट । नयाँ वर्षमा बागलुङको गलकोटमा पानीमा भलिबल प्रतियोगिता हुने भएको छ । विदेशमा सामुद्रिक किनार या पौडी पोखरीमा भलिबल खेले पनि नेपालमा नयाँ अभ्यासका रुपमा बागलुङको गलकोटमा तीन वर्षदेखि पानीमा भलिबल (वाटर भलिबल गेम) प्रतियोगिता आयोजना हुँदै आएको छ ।

 

गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको हो । रिसोर्टमा रहेको पौडी पोखरी (स्विमिङ पुल)मा भलिबल खेलको प्रतियोगिता नयाँ वर्षका अवसरमा आयोजना गरिएको छ । यही चैत ३० गते र आगामी वैशाख १ गते पानीमा भलिबल प्रतियोगिता आयोजना गरिएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टका सञ्चालक हुम थापाले बताए ।

 

दुई दिनसम्म चल्ने प्रतियोगितामा १६ भलिबल समूह सहभागी हुनेछन् । उक्त भलिबल भने पुरुष मात्रै खेल्न सक्नेछन् । ‘झन्डै १५÷१६ समूहले प्रतिस्पर्धामा भाग लिने अनुमान छ, गुल्मी, ढोरपाटन र बडीगाडसम्मका खेलाडी समूह सम्पर्कमा आएका छन्’, सञ्चालक थापाले भने. ‘खेलको प्रवद्र्धनसँगै गलकोटलाई नयाँ ढङ्गबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता राखिएको हो, उहाँले आफ्नो रिसोर्टमा पर्यटकलाई आकर्षण गर्न र भलिबललाई फरक ढङ्गले चिनाउन प्रतियोगिता आयोजना गरिएको हो ।

 

‘ नेपालमै पानीमा भलिबल प्रतियोगिता नौलो भएको उनको भनाइ छ । भलिबलको अन्तर्राष्ट्रिय नियमअनुसार नै पानीमा भलिबल खेल्न सकिने उनको भनाइ छ । पानीमा भलिबल खेल्नका लागि भलिबल कोर्ट सरहकै पौडीपोखरी आवश्यक रहेको हुन्छ । उक्त रिसोर्टमा भलिबल कोर्ट सरहकै पौडी पोखरी रहेकाले लगातार तीन वर्षदेखि प्रतियोगिता आयोजना गरिएको थापाको भनाइ छ ।

 

यस पटक पानीमा भलिबल खेलेर प्रथम हुनेले रु २५ हजार राशिको पुरस्कार प्राप्त गर्नेछन् । यस प्रतियोगिताबाट नयाँ अनुभव, सिकाइ र पानीमा खेलिने भलिबलको सम्भावना पहिल्याउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ । रिसोर्ट परिसरमा रहेको २० मिटर लामो पौडी पोखरीमा खेल हुनेछ । एक समूहबाट चार खेलाडी प्रतिस्पर्धामा उत्रनेछन् । खेल लिग प्रणालीबाट खेलाइने आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा पहिलो हुने टोलीले रु २५ हजारसहित कप र मेडल तथा दोस्रोले रु १२ हजारसहित मेडल पुरस्कार पाउने छन् । टोली दर्ता शुल्क रु दुई हजार राखिएको छ । तीन वर्षदेखि लगातार भइरहको भलिबल हेर्न दुई हजार दर्शक रिसोर्टमा आउने अपेक्षा गरिएको छ । यस्तै नयाँ वर्षको अवसरमा पानीमा भलिबलसँगै घैटोफोर प्रतियोगिता र माछा छोप्ने प्रतियोगितासमेत राखिएको छ ।

 

पानीमाथि खेल्ने भलिबल प्रतियोगितामा पहिलो वर्ष १७ समूह, दोस्रो वर्ष १३ समूह सहभागी भएका थिएभने अहिले १५ समूहभन्दा बढी समूह सहभागी हुने अपेक्षा गरिएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected